काठमाडौं । कोरोना कहरका बेला अभिनेत्री सुपुष्पा भट्टले प्रेमी रौनकविक्रम कँडेलसँग इन्गेजमेन्ट गरेकी छन् । दुवैले आज इन्गेजमेन्ट गरेको बुझिएको छ ।
काठमाडौंमा भोलिबाट निषेधाज्ञा घोषणा भएसँगै उनीहरुले बुधबार नै इन्गेजमेन्ट गरेका हुन् । तर, बिहेको मिति भने टुंगो लागिसकेको छैन ।
सुपुष्पा र रौनक विगत ६ महिनादेखि प्रेम सम्बन्धमा थिए । सुपुष्पाले चलचित्र ‘रणवीर’बाट नेपाली चलचित्र क्षेत्रमा पाइला राखेकी थिइन् ।
यसपछि उनले ‘छ माया छपक्कै र ‘चपली हाइट ३’मा काम गरेकी छिन् । रौनकले ‘कबड्डी’ चलचित्र निर्माण गरेका छन् ।




