एजेन्सी । भारतमा कोरोना संक्रमण तीव्र फैलिरहेको छ । पछिल्लो ६ महिनायता २४ घन्टामा भारतमा ९२ हजार संक्रमित थपिएका छन् ।
भारतमा कोरोनाविरुद्धको खोप अभियान जारी रहे पनि संक्रमण तीव्र फैलिएपछि नरेन्द्र मोदी सरकार संकटमा परेको छ ।
यसैक्रममा बलिउड अभिनेता अक्षय कुमारले आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । अक्षयले आइतबार बिहान सामाजिक सञ्जालमार्फत आफू आज बिहान मात्रै कोरोना संक्रमित भएको पुष्टि भएको जानकारी दिएका हुन् ।
संक्रमण पुष्टि भएको जानकारी पाउना साथ आफू आइसोलेसनमा बसेको उनले उल्लेख गरेका छन् । अक्षयले आफूसँग भेटघाट र सम्बन्ध भएकालाई परीक्षण गर्न पनि सुझाव दिएका छन् ।




