मनोरञ्जन

दीपाश्री निरौला र सरोज खनालको फेसबुक पेज ह्याक गरेर पैसा माग

काठमाडौं । कलाकार निर्देशक दीपाश्री निरौला र अभिनेता सरोज खनालको फेसबुक पेज ह्याक भएको छ । कलाकार निर्माता दीपकराज गिरीले यसको जानकारी दिएका हुन् ।

ह्याकरले पेज ह्याक गर्दै पैसा माग्न थालेको गिरीले जानकारी दिएका छन् । पछिल्लो समय चलचित्रकर्मीको फेसबुक पेज ह्याकरको निसानामा पर्न थालेको उनले उल्लेख गरेका छन् ।

‘दीपाजीको फ़ेसबुक ह्याक भएको छ । सरोज खनाल दाइको पनि फ़ेसबुक ह्याक भएको छ । ह्याकरले चलचित्रकर्मीको फ़ेसबुक ह्याक गर्दै पैसा माग्न थालेको छ । अत सजक हुनुहोला,’ दीपकराजले बिहीबार दिउँसो सामाजिक सञ्जालमा लेखेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *