काठमाडौं । अभिनेत्री एलिजा गौतमले आफ्नो जन्मदिनमा विरामी परेर थलिएका कलाकार उद्धव भट्टराई जुँगेलाई आर्थिक सहयोग गरेकी छन् ।
एलिजाले आफ्ना बाबु भरत गौतमले पठाएको २५ हजार रुपैयाँ नेपाली चलचित्र क्षेत्रका पहिलो पुस्ताका ड्रेसम्यान एवं दक्ष कला निर्देशक उद्धव भट्टराईको स्वास्थ्य उपचारार्थ प्रदान गरेकी हुन् ।
एलिजाको बर्थ डे पार्टीमा पत्रकार ऋषि धमला, बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाई, सीमित कलाकार उपस्थित थिए । पछिल्लो समय एलिजा सिनेमा निर्माणसँगै म्युजिक भिडियोमा पनि धेरै खेल्न थालेकी छन् ।




