काठमाडौं । अनमोल केसी र सुहाना थापा अभिनित ‘ए मेरो हजुर ४’ को गीत् डोल्पाको शेफोक्सुन्डो तालमा खिचिएको छ । १० दिन लगाएर गीतको छायाँकन सकेको निर्माण पक्षले जनाएको छ ।
चलचित्रको निर्देशन झरना थापा र निर्माता सुनिलकुमार थापा हुन् । गीत खिचेर फिल्मको टिम बुधवार काठमाडौं फर्किसकेको छ । केही दिनको विश्रामपछि फिल्मको बाँकी छायांकन सुरु हुने निर्माता थापाले जानकारी दिए ।
आउँदो वर्षको भदौ १८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्ममा सलोन बस्नेतको पनि प्रमुख भूमिका छ । सञ्जय लामाको छायांकन रहेको फिल्मको कथा स्व. छेतन गुरुङ र झरना थापाले लेखेका हुन् ।




