एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमण तीव्र रूपमा फैलिरहेको छ । कोरोनाको दोस्रो लहर सुरु भएपछि भारतका धेरै सहरमा लकडाउन गरिएको छ ।
बलिउड अभिनेता आमिर खान कोभिड–१९ द्वारा संक्रमित भएका छन् । कोरोना पोजेटिभ पाइएपछि आमिर होम क्वारेन्टिनमा बसेका छन् ।
‘आमिर खान कोरोना पोजेटिभ भएका छन् । उनी घरमा सेल्फ क्वारेन्टिनमा छन् र सबै प्रोटोकल्सको पालना गरिरहेका छन् । उनी ठिक छन् । उनको सम्पर्कमा आएका सबैले परीक्षण गर्नुपर्छ र सबै नियम पालना गर्नुपर्छ,’ आमिरका प्रवक्ताले भनेका छन् ।




