काठमाडौं । दीपेन्द्र के खनालको निर्देशनमा बन्ने ‘चिसो मान्छे’ चलचित्रको सुटिङ आजबाट सुरु भएको छ ।
सोमबार बिहान ललितपुरको महालक्ष्मी मन्दिरमा शुभ साइत गर्दै चलचित्रको छायाँकन सुरु गरिएको हो । चलचित्रको निर्माण शर्मिला पाण्डेले गर्न लागेकी हुन् । चलचित्रका निर्देशक खनालको लेखन, छायाँंकन रहनेछ ।
‘चिसो मान्छे’ मा स्वस्तिमा खड्का, अर्पण थापा, देशभक्त खनाल, आशान्त शर्मा, झकेन वीसीलगायतका कलाकारको अभिनय रहनेछ ।
सुभाष भूषालको संगीत रहने ‘चिसो मान्छे’ काठमाडौंदेखि बाजुरासम्मका विभिन्न लोकेशनमा खिचिने निर्देशक खनालले बताए । समाजका चिसो पात्रको रुपमा रहेका मानिसको कथामा आधारित चलचित्र २०७८ भदौ ११ गते रिलिज हुने भएको छ ।




