मनोरञ्जन

‘कबड्डी ४– द फाइनल म्याच’ निर्माणको घोषणा

काठमाडौं । निर्देशक रामबाबु गुरुङले ‘कबड्डी’ सिरिजको अन्तिम भाग निर्माणको घोषणा गरेका छन् । उनले शुक्रबार बिहान ‘कबड्डी ४– द फाइनल म्याच’ बन्ने जानकारी दिएका हुन् ।
अहिलेसम्म ‘कबड्डी’ सिरिजका सबै चलचित्रले राम्रो व्यापार गरेको थियो ।

गत वर्ष १० करोडमाथिको ग्रस कलेक्सन गरेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’लाई दर्शकले ठीकै रुचाएका थिए । ‘कबड्डी’ चौथो सिरिज वैशाखदेखि सुटिङ सुरु हुने भएको छ ।

निर्देशक गुरुङका अनुसार यसपटक कथाको अन्त्य गर्ने तयारी गरिएको छ । चलचित्र आगामी दशैंमा रिलिज गरिने बताइएको छ । चलचित्रमा केही पुराना र केही नयाँ कलाकार हुनेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *