मनोरञ्जन

कमेडी च्याम्पियन सिजन–२ मा २४ प्रतियोगी छनोट, फागुन २१ बाट टेलिभिजनमा आउने

काठमाडौं । कमेडी च्याम्पियन सिजन–२ फागुन २१ गतेबाट टेलिभिजनमा प्रसारण हुने भएको छ । प्रतियोगितामा २४ प्रतियोगी छनोट भएका छन् । कमेडी शो कान्तिपुर टेलिभिजनमा प्रसारण हुने निर्देशक विशाल भण्डारीले जानकारी दिए ।

दोस्रो सिजनका लागि देश तथा विदेशबाट प्राप्त भएको ६ हजारभन्दा बढी डिजिटल अडिसन प्राप्तबाट १८० प्रतियोगीलाई काठमाडौं बोलाएर फिजिकल अडिसन गराइएको उनले बताए ।

कमेडी शोमा अघिल्लो वर्ष निर्णायकमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा हुनेछन् । कार्यक्रमको उद्घोषण रीमा विश्वकर्माले नै गर्नेछिन् ।

पहिलो सिजनमा हिमेश पन्त कमेडी च्याम्पियन बनेका थिए । कमेडी च्याम्पियनको विजेता हुनेले २५ लाख नगद र कार पुरस्कार पाउनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *