मनोरञ्जन

शिव परियार र बानिका प्रधानको स्वरमा रहेको ‘जिन्दगी तिम्रो र मेरो गीत..’ सार्वजनिक (भिडियो)

काठमाडौं । प्रणय दिवसको अवसर पारेर प्रेमिल गीत ‘जिन्दगी तिम्रो र मेरो गीत’ सार्वजनिक भएको छ । माया गर्नेहरुका लागि समर्पित गरिएको गीतको शब्दले प्रेमभाव व्यक्त गर्छ । फेब्रुअरी १४ मा सार्वजनिक गरिएको गीतमा दुई पुस्ताको प्रेम दुनियालाई देखाइएको छ ।

पहिलो पुस्ता र दोस्रो पुस्ताको प्रेम समेटिएको भिडियोमा रिता कट्टेल, इन्जामम अलि खान, सुप्रिया खनाल र जेरी साउदको अभिनय रहेको छ । गीतको भिडियोमा निक्षल श्रेष्ठ पनि देखिएका छन् ।

सार्वजनिक गीतमा हरिभक्त बुढाथोकीको शब्द, दीपक सिलवालको संगीत रहेको छ भने यसमा शिव परियार र बानिका प्रधानले स्वर दिएका छन् । गीत बनेको शब्दलाई संगीतको मिठासअनुसार नै शिव र बानिकाले स्वर राखेका छन् । भिडियोलाई निर्देशक दिवाकर भट्टराईले निर्देशन गरेका छन् । गीतको भिडियोलाई शब्दको भावअनुसार तयार गर्ने कोसिस गरेको निर्देशक भट्टराईले बताए ।

‘हामीले पुस्तान्तरण भए पनि जिन्दगीमा रहने प्रेमको महत्वलाई देखाउने प्रयास गरेका छौँ,’ निर्देशक भट्टराईले भने, ‘गीतमा दुई पुस्ताको प्रेमप्रतिको समर्पण पनि देखाइएको छ ।’ गीतको भिडियोमा स्वोयत्ना योञ्जनको कोरियोग्राफी रहेको छ । उनले पनि कोरियोग्राफीलाई शब्दको भावअनुसार नै सरल किसिमले प्रस्तुत गरेको बताइन् ।

गीतमा पासाङ टि शेर्पाको आर्ट निर्देशन, महेश पौडेलको डिओपी, कृष्ण भण्डारीको कलर करेक्सन, दीर्घ खड्काको सम्पादन, रिवाज कार्कीको भिएपÞmएक्स रहेको छ ।

https://youtu.be/Vk9hvjidYXA?t=58

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *