काठमाडौं । अभिनेत्री निता ढुंगाना अभिनेता एवं ज्योतिष हरिहर अधिकारीको प्रेममा परेकी छन् । केही समयदेखि दुवै प्रेममा परेको तथ्य सार्वजनिक भइसकेको छ ।
यतिबेला नयाँ सिनेमा निर्माणमा लागेकी निताले भ्यालेन्टाइन डेको दिन यो तथ्यलाई झन् पुष्टि गरेकी छन् । हरिहरको आज जन्मदिन । भ्यालेन्टाइन डेकै दिन जन्म परेका हरिहरलाई निताले सामाजिक सञ्जाल फेसबुकमार्फत सँगै दुईजनाको तस्बिर राख्दै ‘ह्याप्पी बर्थ डेजी…’ भन्दै लभसाइन दिएकी छन् ।




