समयले घटाएको प्रतेक घटना परिघट्नाले र विभिन्न प्रविधिले ल्याएको परिवर्तनले मानिसको जिवनमा मनोरञ्जन र सूचना लिने माध्यमहरु कोशैलीमा धेरै परिवर्तन आएको छ ।
दर्शकहरु युट्ब , नेट्फिक्स र विभिन्न टेलिभिजनका माध्यमबाट सहज रुपमा मनोरञ्जन लिइ रहनुभएको छ ।बदलिँदो समय अनुरुप मनोरञ्जन गर्ने शैली सानो र ठुलो भन्ने रहेन ।घर घर र हात हातमा डिभाइस भएकाले त्याहा आउने कलाकारहरु अझै दर्शकका नजिक र प्रीय बन्न पुगे ।
आजको Modern technology ले माहानायक राजेश हमाल र भाइरल कान्छोलाई एउटा मिलन बिन्दुमा आउने मंच निर्माण गरिएको छ जुन सकारात्मक पनि हो ।तथापि चलचित्र घर गएर ठुलो पर्दामा चलचित्र अबलोकन गर्नुको छुट्टै मजा छ ।
हामी चलचित्रकर्मी जो आफ्नो चलचित्र चलाउन चलचित्र घर कै निर्भरतामा थियौ र छौ ! हामिले अब सायद अलि गम्भीर भएर सोच्ने बेला आएको छ ! किनभने वितरण गर्ने दर्हो ठाउँ नभए सम्म उत्पादन गर्नुको औचित्य रहदैन !
हुन त केही वर्ष येता देखि ओभरसिजमा रहनुहुने नेपाली दाजुभाइ दिदिबहिनीहरुको चाहानाले गर्दा नेपाली चलचित्रले आफ्नो बजार अलिकति भएपनी फिजाउन पाएको छ ।तर फेरि छिमेकी मुलुक भारतमा बस्ने नेपालीहरुको लागि गरिने चलचित्र व्यापार विगतको समयमा भन्दा गुमाएको अवस्था छ ।चलचित्र निर्माण , स्टुडियोको निर्माण यो सब तब मात्रै सार्थक हुन्छ जब यो वितरण गर्ने ठाउँ दिगो हुन्छ।येस्को लागि चलचित्र घरहरू को निर्माण देशै भरी विस्तार हुनुपर्छ ।
हाम्रा चलचित्र भवनहरु विकसित उपत्यकाहरुमा मात्रै सिमित छ्न ।अनि तराइको आधी भन्दा बढी जनसंख्या सम्म नेपाली चलचित्र पुग्न सकेको छैन ।बरु तराईमा भोजपुरि चलचित्रले स्थान पएको छ ।मेरो येत्रो लामो लेख्नु को उदेश्य के भने !
निजि चलचित्र घर व्यवसाहीहरु ले त आफ्नो तवरले लगानी सुगम क्षेत्रमा गर्नुहुन्छ ।तेसैले धेरै से धेरै दर्श्क सम्म नेपाली चलचित्र पुर्याउन र बजार विस्तार गर्नका निम्ति ती मध्यम विकसित गाउँ, सहरमा सरकारले चलचित्र भवनहरुको निर्माण गर्नुपर्छ ।ताकी नेपाली चलचित्र हरेक गाउँ शहर र दर्शन सम्म पुगोस् नत्र डाँडा लिएर स्टुडियो बनए पनि करोडौं लगाएर चलचित्र निर्माण गरे पनि लगानी फर्किने अवस्था न्युन रहन्छ ।यो पक्षबाट पनि सोचियोस भन्ने संबंधित निकायलाइ अपील हो ।
– फेसबुकबाट




