मनोरञ्जन

ओबामा दम्पती तेन्जिङ शेर्पामाथि फिल्म बनाउँदै

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा दम्पतीले तेन्जिङ नोर्गे शेर्पामाथि फिल्म बनाउने भएका छन् । ओबामाले सगरमाथाका पहिलो आरोही सोलुखुम्बुमा जन्मिएका हिमाल आरोही तेन्जिङको नाममा चलचित्र बनाउने भएका छन् ।

ओबामा र उनी पत्नी मिसेल ओबामाको कम्पनीले नेटफ्लिक्ससँगको सहकार्यमा चलचित्र बनाउन लागेका हुन् । ओबामाको कम्पनी हाइयर ग्रान्ड प्रोडक्सनले चलचित्र बनाउन लागेको हो ।

फिल्मको निर्देशन जेनिफर पिडमले गर्नेछन् । सिनेमाको नाम ‘तेन्जिङ’ हुनेछ । शेर्पाको उपलब्धिहरुमा आधारित रहेर हिरो अफ एभरेष्ट थिममा फिल्म बन्ने अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *