कला/साहित्य

कन्नड अभिनेत्री जयश्री रमैयाले किन गरिन् आत्महत्या ?

एजेन्सी । कन्नड अभिनेत्री जयश्री रमैया दुई दिनअघि मृत अवस्थामा फेला परिन् । फेसबुकमा सुसाइड नोट लेख्दै उनले झुण्डिएर आत्महत्या गरेकी छिन् । बंगलुरुस्थित घरमै उनको मृत शरीर भेटिएको थियो । रमैयाले ६ महिनाअघि पनि आत्महत्या प्रयास गरेको प्रहरीले जनाएको छ ।

डिप्रेशनबाट पीडित यी नायिकाले सन २०२० मा सामाजिक सञ्जालमै आत्महत्या गर्न लागेको उल्लेख गरेकी थिइन् । उनले भनेकी थिइन्, ‘धेरै समय भयो तनावबाट गुज्रेको अब दुनियाबाट विदा हुने निर्णय लिँदैछु ।’ खबर पाएलगत्तै सुदिपले उनलाई रोकेका थिए ।

जयश्रीका नजिकका साथीका अनुसार उनी पारिवारिक तनावमा थिइन् । त्यसकारण उनी साथीहरुको सम्पर्कबाट पनि टाढा भएकी थिइन् । सन २०१५ मा कन्नड रियालिटी शो बिग बोस कन्नडमा सहभागी भएकी थिइन् । उनी राम्रो नृत्यांगना र मोडल थिइन् । तर, पारिवारिक तनाव के थियो भन्ने अझै केही खुलेको छैन । पछिल्लो समय भारतमा धेरै अभिनेत्री र अभिनेताले आत्महत्या गर्न थालेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *