मुम्बई । अक्षय कुमार यतिबेला धमाधम नयाँ सिनेमा सुटिङ गरिरहेका छन् । ‘सूर्यवंशम’, ‘बेलीबटम’ सकाएर बसेका अक्षय कुमार अहिले नयाँ फिल्म ‘बच्चन पाण्डे’ को सुटिङमा व्यस्त छन् ।
साजिद नाडियावालाले निर्माण गरेको ग्याङस्टार कथामा बनेको ‘बच्चन पाण्डे’ को निर्देशन फरहद सामजीले गरेका छन् । सिनेमाको फस्ट लुक्समा अक्षय ग्याङस्टार छविमा देखिएका छन् । साजिद र अक्षयको यो दशौं सहकार्य हो ।




