मनोरञ्जन

कोरोना कहरकै बीचमा ‘कृष्ण लीला’ को सुटिङ सकियो

काठमाडौं । कोरोना भाइरसको महामारीकै बेला नयाँ चलचित्र ‘कृष्ण लीला’ को सुटिङ सकिएको छ । चलचित्रको ४० दिनमा आइतबार झापामा इन्डक्ल्याप भएको हो ।

चलचित्रकोे छायांकन इलाम, पाँचथर र झापाका विभिन्न स्थानमा गरिएको थियो । दीपक वलीको निर्देशनमा तयार भएको चलचित्रमा पुष्प खड्काले अभिनेत्री श्रद्धा क्षत्रीसँग जोडी बाँधेका छन् ।

पुष्प र श्रद्धासँगै बुद्धि तामाङ, रवीन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाईंलगायतको चलचित्रमा अभिनय छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *