मनोरञ्जन

दीपकराज गिरी भन्छन्, अप्राकृतिक गर्भाधानबाट जन्मिएको सरकार तुहिएकोमा चिन्ता नगरौ

काठमाडौं । कलाकार निर्माता दीपकराज गिरीले अप्राकृतिक गर्भाधानबाट जन्मिएको सरकार तुहिएकोमा चिन्ता नगर्न आग्रह गरेका छन् । अप्राकृतिक कुरा स्थायी नहुने भन्दै वर्तमान सरकारप्रति प्रहार गरेका हुन् ।

प्रधानमन्त्री केपी ओलीले सनकको भरमा प्रतिनिधिसभा विघटन गरेपछि त्यसको चौतर्फी विरोध भइरहेको छ । नेकपालाई दुई तिहाइ नपचेको विश्लेषण भइरहेका बेला सोमबार कलाकार गिरीले नेकपामाथि प्रहार गरेका हुन् ।

‘माओबादी र एमालेको अप्राकृतिक गर्भाधानबाट जन्मिएको सरकार तुहिएकोमा चिन्ता नगरौं । किनकि अप्राकृतिक कुरा स्थायी हुँदैन,’ गिरीले सामाजिक सञ्जालमा लेखेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *