कला/साहित्य

किम्फको अठारौँ संस्करण आजदेखि सुरु

काठमाडौं । काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) को अठारौँ संस्करण बिहीबारदेखि सुरु हुँदैछ । कोरोना भाइरसको महामारीका कारण भर्चुअल रुपमा किम्फ आयोजना हुँदैछ । फेस्टिभल आइतबारसम्म चल्नेछ ।

यस पटकको किम्फमा १५ मुलुकका १८ वटा फिल्म प्रदर्शनका लागि छानिएका छन् । त्यस्तै, नेपाल पानोरामाअन्तर्गत कथानक र डकुमेन्ट्री गरी १२ वटा फिल्म देखाइनेछ ।

किम्फको सुरुवात भुटानी फिल्म निर्देशक खेन्चे नोर्बु रिम्पोचेको नयाँ फिल्म ‘लुकिङ फर अ लेडी विथ फ्याङ्ग्स एन्ड अ मुस्टयाच’को प्रदर्शनबाट हुनेछ ।

डकुमेन्ट्री र फिक्सन फिल्मबारे नेपाली युवा फिल्ममेकरहरु माझ छुट्टाछुट्टै परिसंवाद पनि महोत्सवको कार्यक्रममा समावेश गरिएको छ ।

फेस्टिभलमा अमेरिकी डकुमेन्ट्री फिल्ममेकर जुली ब्रिजह्याम, स्वीस पत्रकार र फिल्ममेकर लिजा रुस्ली र नेपालका लेखक नयनराज पाण्डे निर्णायक छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *