मनोरञ्जन

बलिउड अभिनेत्री उर्मिला मातोडकर शिवसेनामा प्रवेश गर्दै

मुम्बई । बलिउडमा सिनेमा र राजनीतिबीच अन्योन्याश्रित सम्बन्ध छ । हाल अभिनय क्षेत्रमा क्रियाशील दर्जनौं कलाकार विभिन्न पार्टीमा सामेल भई राजनीति पनि सँगै अघि बढाइरहेका छन् ।

यसैक्रममा ‘रंगीला’ गर्ल उर्मिला मातोडकर शिवसेनामा प्रवेश गर्ने भएकी छन् । शिवसेनाका प्रवक्ता सञ्जय राउतले मंगलबार अभिनेत्री उर्मिला शिवसेना प्रवेश गर्ने जानकारी दिएका हुन् । एक वर्षअघि सम्पन्न लोकसभा निर्वाचनमा उर्मिलाले कांग्रेसको टिकटबाट चुनाव लडेकी थियन् । पछि उनले कंग्रेस छाडिदिइन् ।

महाराष्ट्र के मुख्यमंत्री उद्धव ठाकरेके करीबी सहयोगी हर्षल प्रधानले आइतबार उर्मिला मुख्यमन्त्रीको उपस्थितिमा शिवसेना प्रवेश गर्ने जानकारी दिएका थिए । पछिल्लो समय शिवसेना र बलिउडकी अर्की अभिनेत्री कंगना रनावतबीच वाकयुद्ध जारी छ । यही बेला उर्मिला शिवसेना प्रवेश गर्न लागेकी हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *