काठमाडौं । हास्य कलाकार मनोज गजुरेलले अहिले आफ्नो स्वास्थ्य अवस्था निकै राम्रो भएको बताएका छन् । कोरोना संक्रमणमुक्त भएको एक सातापछि सामाजिक सञ्जाल फेसबुकमा नयाँ तस्बिर पोस्ट गर्दै आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराएका हुन् ।
करिब एक साता आईसियुमा राखेर उपचार गरिएपछि गजुरेलले कोरोनालाई जितेका थिए । कोरोना संक्रमण भएपछि घरमै आइसोलेसनमा बसेका गजुरेललाई श्वासप्रश्वासमा समस्या भएपछि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो । केही दिन आईसियुमा राखेर उपचार गर्दा पनि कम नभएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
अहिले घरमै स्थास्थ्यलाभ गरिरहेका मनोज गजुरेल भन्छन्, ‘आराम छु, आराम चाहन्छु । तपाईंहरुको शुभकामना र सद्भावको कारण आजको मेरो स्वास्थ्य यस्तो छ । सबैलाई धन्यबाद । सधैंलाई धन्यबाद ।’




