काठमाडौं । सार्वजनिक प्रदर्शन राम्रो नभएका फिल्महरु अहिले धमाधम युट्युवमा, डिसहोम लगायतका डिजिटल प्लेटफर्ममा आउन थालेका छन् । ति मध्यको एक हो फिल्म ‘धुलो’ पनि । गतफागुनमा सार्वजनिक प्रदर्शनमा आएको ‘धुलो’ अहिले डिसहोमबाट रिलिज भएको छ ।
लकडाउनका कारण घरमै बसेकाको लागि समय बिताउन सजिलो होस् भन्ने हेतुले फिल्म डिसहोममा रिलिज गरिएको निर्माण युनिटको भनाई रहेको छ ।
बुद्धि तामाङ, अग्रज केसी, सृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे र बालकलाकार सुदीप कार्कीको मुख्य भूमिकामा रहेको फिल्ममा नीर शाह, सुशील पोखरेल र लक्ष्मी बर्देवा बिशेष भूमिका छ । रिक्सा चालकको सपना, लक्ष्य, संघर्ष र जीवनशैलीलाई प्रस्तुत गरिएको फिल्म प्रद्युम्न मिश्रले निर्देशन गरेका हुन् ।
सिके वाग्लेको प्रस्तुति रहेको फिल्मको निर्मातामा लक्ष्मी गौतम र नानीराम फुँयाल हुन् ।




