मुम्बई।फिल्म झै भारतीय टिभी जगत को पनि चर्चा बिश्वमा छ । त्यसैले टिभी अभिनेत्रीको चर्चा पनि फिल्म अभिनेत्री भन्दा धेरै हुने गर्दछ । टेलिभिजनबाट फिल्म अभिनेत्री झै चर्चा पाएर स्टार भएका ६ अभिनेत्री जसको चर्चा यहाँ गर्न खोजिएको छ ।
दिब्यांका त्रिपाठी
दिब्यांका त्रिपाठी स्टार प्लसको शो ‘ये है मोहब्बते’मा इशिता भल्लाको भूमिकामा छिन् । भोपालकी स्थानीय बासिन्दा उनी टिभीको टप अभिनेत्री हुन् ।
रति पाण्डे
अभिनेत्री रति पाण्डे बिहारकी स्थायी बासिन्दा हुन्।पोरस, हिटलर दीदी, माइली जव हम तु, बेगुसरायलगायत कयौ धाराबाहिक श्रृखलामा उनको काम लोक प्रिय मानिन्छ ।
आशा नेगी
आशा नेगी एक लोकप्रिय टिभी अभिनेत्री हुन् । श्रृखला ‘पवित्र रिश्ता’को अभिनय मार्फत उनले लाखौको मनमा राज गर्न सफल उनी अहिले ब्वाइफ्रेण्ड ऋत्विक धनजानीसँग ब्रेकअफका कारणले चर्चामा छिन् ।
शिवाङ्गी जोशी
शिवाङ्गी जोशी सुन्दर, प्रतिभाशाली र स्मार्ट अभिनेत्रीमा पर्दछिन् । उनी दर्शकमा नायराको नामबाट चिनिन्छन् । ‘ये रिश्ता क्या कहलाता है’मा मार्फत दर्शकको मनमा राज गर्न सफल उनी देशरादुनकी स्थायी बासिन्दा हुन् ।
श्वेता तिवारी
९० को दशकमा श्वेता रिवारीले टिभी शो ‘कसौटी जिन्दगी’मा प्रेरणा बसुको भूमिका निर्बाह गरेर लोकप्रियता हासिल गरेकी थिइन् । उनको घर उत्तर प्रदेश प्रतापगढमा पर्दछ ।
रुबीना दिलैक
शिमलाकी स्थानीय बासिन्दा रुबीना दिलैकले श्रृखला ‘छोटी बहु’को ‘राधिका’को भूमिकाबाट लोकप्रियता हासिल गरेकी हुन् ।




