मनोरञ्जन

सामाजिक संजालमार्फत अनुले बाहिर ल्याइन् सबिनसँगको प्रेम

काठमाडौं । अभिनेत्री अनु शाह र अभिनेता सबिन श्रेष्ठ लामो समयदेखि प्रेममा छन् । यो फिल्म क्षेत्रका नलुकेको बिषय हो ।
उनीहरुले भने प्रेम सधै लुकाउदै आएका थिए । पछिल्लो समय भने उनीहरुले प्रेम देखाउन थालेका छन् । यस्तै लकडाउनको समयमा पनि अभिनेत्री अनु शाहले सामाजिक संजाल माफर्त सबिनको प्रेम बाहिर ल्याएकी छन् । अनुले सबिनसँगको भिडीयो कलको तस्विर सार्वजनिक गर्दै सबिनसँगको प्रेम बाहिर ल्याएकी हुन् । लकडाउनका कारण घरमा परिवारसँग रहेकी अनुले उक्त तस्बिरका साथ सबिनलाई मिस गरेको समेत उल्लेख गरेकी छन् ।

अनु र सबिनले एकसाथ चलचित्र पनि अभिनय गरेका छन् । अनु चलचित्र भन्दा म्युजिक भिडियो देखिने अभिनेत्री हुन् भने सबिनको पनि पछिल्लो समय फिल्ममा कमि आएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *