हामीले भोग्नैपर्ने कुराहरू धेरै छन्
भर्खर बत्तीस् दिन हिँडिरहेछौँ
लकडाउँनको यात्रा ।
अझै जटिल हुन सक्छन्
हाम्रा जीवनहरू
कयौँ मान्छेले, भोकभोकै देह त्याग गर्नुपर्ने हुन्छ
यस्तै–यस्तै परिस्थिति भइरहँदा ।
शहर आएका गाउँ
गाउँ गएका शहरमा आवत जावत
चलिरहन्छ– यात्राको जिन्दगीमा
दिन बितेकाहरूको के कुरा भो र ?
स्कूले भाइ–बहिनीको सवाल छ
आकाशका तारा झैँ, चम्कन खोजेका नानीहरूबारे
गम्भीर हुन, आवश्यक छ
समय यही गीत गाइरहेछ
साना–साना दियालाहरू
बल्ने समय हो यो
उनीहरूका ताजा चेतनाहरू
लालीगुँरास फुल्न पाउँने समय हो
धर्तीभरी ।
उनीहरू वसन्त हुन्
उनीहरू कल्पवृक्ष हुन्
लकडाउँनले गम्भीरता देखाउँनु पर्छ
लाखौँ मानिससँगै, उनीहरू सती जान सक्दैनन्
हामीले बुझ्नै पर्छ ।
उनीहरूको संसार भत्काउँन हुन्न
हाम्रा बौद्धिक चेतनाले
कोरनाका आक्रमण बाट
घाइते हुनुहुन्न, हाम्रा बालबालिकाहरू
उनीहरूको दुःख हाम्रो हो
त्यसैले विद्यालय शुचारु हुनुपर्छ
म भनिरहेछु ।
तिमी सत्ता चलाउन युद्ध गर
तिम्रो स्वार्थमा, उनीहरू प्रयोग हुनुहुन्न
दुनैका मगर्नीहरूझैँ ।
हरेक गाउँहरूका आँखा ओभानो हुन नपाउँदै
कोरनाका लामा लकडाउँन छ
स्वार्थका पोखरीहरू उम्लिएका छन्
यहाँका घरहरूमा युद्ध चाहिरहेछन्
म त्यसको विरुद्धमा छु
कोरनाले जित्नुहुन्न भन्दाभन्दै
मान्छेहरू, जिताउँन हिँडीरहेछन्
कोरनाले युद्धबाट व्याक हुनै पर्छ
लकडाउन, लकडाउँन जस्तो छैन
अघोरीहरू, रुवाबासी गर्दै दौडिरहेछन् मिथ्यामा ।
लकडाउनमा
सबै शहर, गाउँले
मजदूर र किसानहरूले बुझेकै छैनन्
हामी सबै एउटै भीरबाट हिँडीरहेछौँ
पहाड, तराई बेंसीले
लकडाउँन बुझेका छैनन्
एकाएक आत्तिएर, बाटो रोज्दैछन्
शैलुका रुखहरू ।
कोरना कोरना भन्छन्
हिमश्रृंखलाहरू ।
मान्छेले बुझ पचाएर
सडकमा भीड गरिरहेन्
पिच्च भित्तामा थुकेर ।




