कला/साहित्य

लकडाउन

हामीले भोग्नैपर्ने कुराहरू धेरै छन्

भर्खर बत्तीस् दिन हिँडिरहेछौँ

लकडाउँनको यात्रा ।

 

अझै जटिल हुन सक्छन्

हाम्रा जीवनहरू

कयौँ मान्छेले, भोकभोकै देह त्याग गर्नुपर्ने हुन्छ

यस्तै–यस्तै परिस्थिति भइरहँदा ।

 

शहर आएका गाउँ

गाउँ गएका शहरमा आवत जावत

चलिरहन्छ– यात्राको जिन्दगीमा

दिन बितेकाहरूको के कुरा भो र ?

 

स्कूले भाइ–बहिनीको सवाल छ

आकाशका तारा झैँ, चम्कन खोजेका नानीहरूबारे

गम्भीर हुन, आवश्यक छ

समय यही गीत गाइरहेछ

साना–साना दियालाहरू

बल्ने समय हो यो

उनीहरूका ताजा चेतनाहरू

लालीगुँरास फुल्न पाउँने समय हो

धर्तीभरी ।

 

उनीहरू वसन्त हुन्

उनीहरू कल्पवृक्ष हुन्

लकडाउँनले गम्भीरता देखाउँनु पर्छ

लाखौँ मानिससँगै, उनीहरू सती जान सक्दैनन्

हामीले बुझ्नै पर्छ ।

 

उनीहरूको संसार भत्काउँन हुन्न

हाम्रा बौद्धिक चेतनाले

कोरनाका आक्रमण बाट

घाइते हुनुहुन्न, हाम्रा बालबालिकाहरू

उनीहरूको दुःख हाम्रो हो

त्यसैले विद्यालय शुचारु हुनुपर्छ

म भनिरहेछु ।

 

तिमी सत्ता चलाउन युद्ध गर

तिम्रो स्वार्थमा, उनीहरू प्रयोग हुनुहुन्न

दुनैका मगर्नीहरूझैँ ।

 

हरेक गाउँहरूका आँखा ओभानो हुन नपाउँदै

कोरनाका लामा लकडाउँन छ

स्वार्थका पोखरीहरू उम्लिएका छन्

यहाँका घरहरूमा युद्ध चाहिरहेछन्

म त्यसको विरुद्धमा छु

कोरनाले जित्नुहुन्न भन्दाभन्दै

मान्छेहरू, जिताउँन हिँडीरहेछन्

कोरनाले युद्धबाट व्याक हुनै पर्छ

लकडाउन, लकडाउँन जस्तो छैन

अघोरीहरू, रुवाबासी गर्दै दौडिरहेछन् मिथ्यामा ।

 

लकडाउनमा

सबै शहर, गाउँले

मजदूर र किसानहरूले बुझेकै छैनन्

हामी सबै एउटै भीरबाट हिँडीरहेछौँ

पहाड, तराई बेंसीले

लकडाउँन बुझेका छैनन्

एकाएक आत्तिएर, बाटो रोज्दैछन्

शैलुका रुखहरू ।

 

कोरना कोरना भन्छन्

हिमश्रृंखलाहरू ।

मान्छेले बुझ पचाएर

सडकमा भीड गरिरहेन्

पिच्च भित्तामा थुकेर ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *