हुवाई चाइनामा न्वारण गरेर
सारा चाइनालाई तर्साउँदै
जाबो एउटा भुसुना भन्दा पनि
१००० औं गुणा सानो तैले
आज विश्वलाई नै तनाब दिँदैछस्
थुइक्क कोरोना ।
विकसित राष्ट्रहरूमा बन्छो झै मौलाउँदै
गरीबको पसिना चुसेर पैसामा तछाड मछाड गर्नेलाई
घर भित्रै नजरबन्द बस्न बाध्य गराईस्
मानव अस्तित्व सिकाउँदै तैले
आज सबै मानव समान हुन् भन्दैछस्
थुइक्क कोरोना ।।
कस्तो दिनको अनुभव गराईस् कोरोना
आज मानव भएर म अर्को मानिस सँग डराउँछु
पसलमा भएको तरकारी फलफुल किन्न सक्दिन
बिरामी हुँदा अस्पताल लान आफन्तै मान्दैनन्
म र विश्वलाई असहाय बनाईस् तैले
थुइक्क कोरोना ।।।
लौन कस्तो शत्तिशाली हो हँ त
नत म तलाई देख्न सक्छु
नत तँ समय क्रम सगैँ निसक्रिय हुन्छस्
चार भित्ताले घेरिएका कोठामा आज
दिन रात बस्न म र विश्वलाई बाध्य गराईस्
थुइक्क कोरोना ।।।।
आज मानव अस्तित्वमा संकट निम्त्याउँदै
२१ औँ शताब्दिका बैज्ञानिकलाई चुनौती दिदैँ
शत्तिशाली राष्ट्रलाई आत्मग्लानी पार्दै
चमत्कारीक रूपमा फैलिदै र मौलाउँदै
आज संसारलाई स्तब्ध बनाईस्
थुइक्क कोरोना ।।।।।




