जलश्रोत/उर्जा

चीनले बनायो संसारकै दोस्रो अग्लो स्थानमा जलविद्युत आयोजना

काठमाडौं । चीनले संसारको दोस्रो र चीनको सवाीधक उचाईमा निर्माण गरेको मेगा जलविद्युत् आयोजना सञ्चालन गरेको छ । चीनको सिचुवान प्रान्तमा अवस्थित यालोङ नदी जलविद्युत् आयोजना गत बुधबारदेखि सञ्चालनमा आएको चिनिया सरकार नियन्त्रित सञ्चार माध्यम सिजिटिएनले जनाएको छ ।

करिब ३ हजार मिटर उचाईमा निर्माण गरिएको आयोजना अग्लो स्थानमा बनेको चीनको पहिलो र संसारको दोस्रो जलविद्युत् परियोजना हो । चिनिया सञ्चार माध्यमहरुका अनुसार आयोजनाका लागि संसारकै गहिरो जलाशय निर्माण गरिएको छ भने आयोजना सन् २०१४ अक्टोबरदेखि शुरु भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *