जलश्रोत/उर्जा

हावाहुरीले विद्युत् सेवा अवरुद्ध

सिमकोट।तीव्र चलेको हावाहुरीले आज बिहानदेखि हिल्दुम वितरण केन्द्रले अप्रिय घटना नहोस् भनेर विद्युत् सेवा बन्द गरेको छ ।

शनिबार रातिदेखि चलेको हुरीले सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउाँपालिकासहित खार्पुनाथ गाउँपालिकाका सेवाग्राही प्रभावित भएका छन् । विद्युत् सेवा बन्द हुँदा सिमकोटमा रहेका सरकारी तथा गैरसरकारी कार्यालय तथा सिमकोटमा सञ्चालित इलेक्ट्रोनिक पसल व्यवसायीलाई समेत समस्या बनाएको छ ।

तीव्र चलेको हावाहुरीका कारण विद्युत्का तार जुधेर आगजनी हुनाका साथै कतै अप्रिय घटना नघटोस् भनेर यो सेवा बन्द गरिएको हिल्दुम वितरण केन्द्रका कर्मचारी विर्ष दमाईंले जानकारी दिए। हावा बिस्तारै कम हुँदै गएमा विद्युत् सेवा पुनः सञ्चालन गरिने उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *