काठमाडौं । नेपालबाट सन २०२३ मा विभिन्न उदेश्यले १६ लाख तीन हजार, आठ सय ३६ जना वैदेशिक रोजगारी विदेश प्रस्थान गरेका छन् । सन २०२३ मा जम्मा ८ लाख ,८ हजार चार सय १५ जना नेपालीहरु रोजगारीका लागि काम गर्न विदेश गएका छन् ।विदेश जाने पुरुषको संख्या, ७ लाख,२३ हजार ७ सय ,८९ जना रहेको छन्, भने महिलाको संख्या ८४ हजार,६ सय,चार जना रहेको छ् । यस्तै पर्यटन तथा तिर्थ यात्राका लागि विदेश भ्रमणमा जम्मा २ लाख ४ हजार पाँच सय १८ जना रहेका छन् । जसमा पुरुष एक लाख ३० हजार नौ सय २६ रहेका छन् भने महिला ७३ हजार ५ सय ७५ जना रहेका छन् । यस्तै पारिवारी सम्बन्धमा स्थापित भएर एक लाख ६७ हजार ४ सय ८५ जनामा पुरुष सात हजार आठ सय आठ रहेका छन् भने महिला ९६ हजार ६ सय ७३ हजार रहेका छन् ।





