काठमाडौं । श्रममन्त्री कृष्णकुमार श्रेष्ठले कतारी समकक्षी मन्त्री डाक्टर अल वीन समिख अल मारीसँग भेटवार्ता गरेका छन् ।
कतार पुगेका मन्त्री श्रेष्ठले कतारी मन्त्रीसँग नेपाली श्रमिकहरूको हितका बारेमा छलफल गरेका हुन् ।
मन्त्री श्रेष्ठले नेपाल र कतारबीचको श्रम सम्झौता नवीकरणका लागि नेपाल सरकारको मस्यौदाबारे पनि मन्त्री मारीलाई जानकारी दिएका थिए ।




