काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि सुरु हुने गरी नयाँ समयतालिका सार्वजनिक गरेको छ। यसअघि वैशाख ११ गतेदेखि परीक्षा हुने भनिए पनि मंगलबार बोर्डले पूर्वनिर्धारित तालिका स्थगित गर्दै परीक्षा सार्ने निर्णय गरेको थियो।
बुधबार बोर्डले संशोधित तालिका सार्वजनिक गर्दै नयाँ मिति घोषणा गरेको हो। अब परीक्षा वैशाख २१ बाट सुरु हुनेछ।
बोर्डको पछिल्लो निर्णयले परीक्षार्थीहरूलाई तयारीमा थप समय मिलेको भए पनि अचानक तालिका परिवर्तनले अन्योल पनि सिर्जना गरेको छ। परीक्षा केन्द्र र अन्य प्राविधिक व्यवस्थाबारे बोर्डले चाँडै जानकारी दिने बताइएको छ। परिक्षा बिहान ८ः०० बजेदेखि ११ः ०० सम्म संचालन हुने बोर्डले जनाएको छ ।




