शिक्षा / स्वास्थ्य

सुनकोशीमा महिला प्रजनन शिविर सम्पन्न, १८९ महिलाले गराए चेकजाँच

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका वडा नम्बर ५ सुनखानीमा महिला प्रजनन स्वास्थ शिविर आयोजना गरेको छ । मंगलबार आयोजना गरिएको शिविरमा एक सय ८९ महिलाले चेकजाँच गराएका थिए ।

रत्न बस्नेत मेमोरियल फाउन्डेसनले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा चेकजाँच गराएकामध्ये ६ जनामा समस्या देखिएपछि उनीहरूको उपचार सुरु भएको छ ।

जटिल समस्या देखिएका ६ जनाको अपरेसन गर्नुपर्ने नेपाली कांग्रेस सुनकोशी–काठमाडौं सम्पर्क समितिका अध्यक्ष इन्द्रबहादुर केसीले बताए । स्वास्थ्य शिविर बुधबार पनि जारी रहने र समस्या देखिएका महिलालाई स्वास्थ्य चेकजाँच गरी फाइदा लिन आयोजक पक्षले अनुरोध गरेको छ ।कार्यक्रमकाे प्रमुख अतिथि उपाध्यक्ष कान्छी लामा थिइन् । उनले यस्ता कार्यक्रमबाट विपन्न र सीमान्तकृत महिलालाई लाभ पुग्ने बताइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *