
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा क्षेत्रमा विगत ५ वर्ष देखिको बजेट विनिजयोन विवरण सार्वजनिक गरेको छ। सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले वेबसाइटमार्फत विवरण सार्वजनिक गरेकी हुन्।
शिक्षा मन्त्री श्रेष्ठले सार्वजनिक भएका तथ्याङ्कको अध्ययन र विश्लेषण गरेर अध्येताहरूलाई सुझाव दिन अनुरोध गरेकी छन्। तथ्याङ्कको अध्ययन गरेर सुझाव मन्त्रालयको इमेलमा पठाउन सकिनेछ।