काठमाडौं । महिला हिंसा अन्त्यका लागि कार्यक्रमहरु गरिरहदा महिला आफू सक्षम नहुने हो भने महिला सशक्तिकरण शब्दमा मात्र सीमित रहन्छ ।
महिला आफूलाई आइपरेको समस्या आफै समाधान गर्न सक्नु महिला शसक्तिकरण हो । हाल नेपालमा केही महिलाहरु पहुँचमा पुगेतापनि नारीहरले चाहेको अधिकार पूर्ण रुपमा नपाएको देखिन्छ ।
यस्तै चैनपुर नगरपालिकाका अधिकांश वडाहरुमा नारीलाई परेको अन्याय, विभेद विरुद्ध संबन्धित निकाय सम्म पु¥यान नसकेको चैनपुर नगरपालिका वडा नंं ३ का वडाध्यक्ष बलबहादुर अधिकारीको बुझाइ छ ।
हरेक सफल पुरुषको पछाडी एउटी नारीको हात हुन्छ । १६ दिने महिला हिंसा विरुद्धको अभियान चलिरहेको अवस्थामा महिला सञ्जालले स्थानीय महिलाहरुलाई सक्षम बनाउने उद्देश्यले मंसिर १० गतेदेखि १२ गतेसम्म सञ्चालन गरेको तालिमको समापन कार्यक्रमका सभापति एवं संस्थाको अध्यक्ष हेम कुमारी चौहानले बताइन ।
तीन दिन सम्म सञ्चालन भएको तालिमको आर्थिक सहयोग टेवा नेपाल ललितपुरले गरेको थियो । तालिमको सहजीकरण प्रशिक्षक प्रदिप विष्टले गरेका थिए । त्रि दिवसीय तालिमको समापन कार्यक्रममा वडाका जनप्रनितिधिहरु, सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको सुनिता विकले बताइन ।




