काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गौरादेवीको दर्शन र पूजा अर्चना गर्दै गौरा पर्वले समाजलाई एक सूत्रमा बाँधेको बताएकी छिन् । बुधबार गौरा पर्वको पहिचान र मौलिकताको पहिचान गर्दै मन्त्री देउवाले कैलालीको धनगढीस्थित आफ्नो निवासमा पुगेर गौरादेवीको दर्शन र पूजाअर्चना गरेकी हुन।
डां परराष्टमन्त्री देउवाले गौरा पर्व समृद्धिको पर्वमा रुपमा रहेको बताउँदै सामाजिक एकता र भाइचाराको सम्बन्ध कायम गरेको उल्लेख गरिन्। मन्त्री देउवा गौरा देवीको दर्शन तथा पूजा अर्चना गर्नुका साथै देउडाको संस्कार र संस्कृतिको जर्गेना गर्न सबैले भूमिका निर्वाह गर्नुपर्ने समेत समेत बताइन् ।
सबै धर्म र संस्कृतिले नेपालीलाई एउटै मालामा उनेको बताउँदै उनले सबैले सबै जातजातिको धर्म र संस्कृतिलाई प्रोत्साहन गर्दै थप सुदृढ र बलियो बनाउदै जानुपर्ने उल्लेख गरिन् । डा. मन्त्री देउवाको दुई दिन धनगढीका विभिन्न कार्यक्रममा सहभागी हुने कार्यतालिका रहेको छ ।




