देश

आज सोमबारे औँसी

काठमाडौं ।सोमबारे औँसी। औँसी तिथि र सोमबार एकै दिन परेको दिनलाई सनातन धर्मावलम्बीमा सोमबारे औँसीका रूपमा मनाइन्छ।

यस्तो संयोग परेको दिनलाई मौनी औँसी पनि भनिन्छ। यो संयोगका दिन बिहान सबेरै उठेर नबोली नुहाउनुपर्ने मान्यता छ।

वैदिक परम्परामा औँसीलाई पितृको पर्व मानिन्छ। यो दिन तर्पण, श्राद्ध गर्ने वा पितृका नाममा दान गर्ने विधान छ।

पुराणमा भगवान् शिव वा विष्णुको आराधना गर्ने, दान गर्ने लगायत कर्म गर्नुपर्ने बताइएको छ। यो दिन तुलसी वा पिपलको पूजा गर्ने र प्रदक्षिणा गर्ने विधान छ।

सोमबार औँसी तिथि ४६ घडी ३५ पला अर्थात् मध्यराति १२ बजेर २७ मिनेटसम्म रहने र त्यसपछि चैत्रशुक्ल प्रतिपदा आरम्भ हुने पञ्चाङ्गमा उल्लेख छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *