धर्म/सस्कृति

राष्ट्रपति पौडेलद्धारा पलान्चोक भगवतीको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले काभ्रेको पाँचखालस्थित पलान्चोक भगवतीको दर्शन गरेका छन् । उनी महाअष्टमीको दिन बिहानै श्रीमती सवितासँगै पाँचखाल पुगेर दर्शन गरेका हुन् । बडादशैंका अवसरमा महाअष्टमीको दिन राष्ट्रप्रमुखले पलान्चोकसहित नव दुर्गा भगवतीको दर्शन तथा पूजाअर्चना गर्ने परम्परा छ ।

काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका–९ बुच्चाकोटस्थित पलाञ्चोक भगवतीको मन्दिर नेपालमा रहेका भगवतीको मन्दिरमध्ये सबैभन्दा पुरानो मन्दिरको नामले चिरपरिचित रहेको छ । पलाञ्चोक भगवतीको मन्दिर करिब एक हजार ६५५ वर्ष पहिले अर्थात् ईस्वी संवत् ४२५ सालमा निर्माण भएको पलाञ्चोक भगवतीलाई भगवतीको जेठी दिदीको रुपमा समेत लिने गरिन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *