काठमाडौं । ऐतिहासिक महत्त्व बोकेको भक्तपुरमा गाईजात्रा पर्व धुमधामसँग मनाइँदैछ।
भक्तपुरको दरबार क्षेत्रसहितमा बिहीबार बिहानैदेखि गाईजात्रा मनाउनेको निकै ठूलो भिड लागेको छ । बिहिबार गाईजात्राले भक्तपुरको दरबार क्षेत्र निकै उज्यालो छ । दरबार क्षेत्रमा गाईजात्राले रौनकता छाएको छ ।
बुधबार बिहानबाट तलेजु बाटा ताहामचा बनाई भक्तपुर नगर परिक्रमा गरिएको छ। यस वर्ष मृत्यु भएका आफन्तहरुको सम्झनामा बच्चाहरुलाई राधाकृष्ण, शिवपार्वती, जिउँदो गाई र दोकोलाई कपडाले बेरेर परालको सिंङ कानका रुपमा सजाउने र कमलको पात राखेर बनाएको बाँसमा कपडाले बेरेर बनाएको ताहामचामार्फत नगर परिक्रमा गराउने परम्परा रहेको छ ।
विशेषगरी उमेर नपुगेका बालबालिकाहरुको बाँसको डोको सिंगारेर, माटोको बसहा बनाएर गाडामा राखी भजन कृतन गरि नगरपरिक्रमा गराउँने प्रचलन पनि रहेको छ । स्थानीयले बिहानदेखि नै गाईको प्रतिकको रुपमा घुम्न आएकालाई आ(आफनो गक्षअनुसारको फलफूल, रोटी र दक्षिणा दिने चलन छ।
नेवार समुदायहरुले एब वर्षभित्र मरेको मान्छेको आत्माले मोक्ष प्राप्त गरोस भन्ने विश्वासका साथ गाईजात्रा मनाउने गरिएको छ । गाईजात्राको अवसरमा विभिन्न परम्परागत झाकीहरुपनि आयोजनाा गरिएको छ । उक्त गाईजात्रा मनाउँन र हेर्न विभिन्न ठाउँबाट दर्शकहरु उपस्थित भएका छन् ।










