धर्म/सस्कृति

विदेशीहरुलाई नेवारी संस्कृतिको माध्यमबाट पनि नेपाल चिनाउनुपर्छ : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले नेवारी संस्कृतिको माध्यमबाट नेपाललाई विश्वभर चिनाउनुपर्ने बताएका छन् ।

  ज्यापु संस्कृति विकास कोषले  १९औं राष्ट्रिय ज्यापु दिवसका अवसरमा आज (बिहिवार ) काठमाडौंमा आयोजना  उनले सो बताएका हुन् । विदेशीहरुलाई नेवारी संस्कृतिको माध्यमबाट नेपाल चिनाउनुपर्ने  उनको भनाइ छ  ।  नेवारी संस्कृति नेपाललाई विश्वमाझ चिनाउने सशक्त माध्यम भएको उल्लेख गर्दै यसतर्फ सबैले ध्यान दिनुपर्ने उनले बताए । 

  नेता सिंहले नेवारहरुको पहिचान नै भाषाको पहिचान भएको भन्दै नेवारी भाषालाई पनि जोड दिएर अगाडी बढाउनुपर्ने बताए । समय परिवर्तनशील छ र परिवर्तित समयअनुसार  आफ्नो समुदायलाई सुहाउँदो किसिमले आफ्नो काम गर्ने तरिकामा, सोचमा, गराइमा समयको मागबमोजिम सिक्नुपर्ने र सोहीअनुसार अगाडी बढ्नुपर्ने उनले बताए ।  

समय परिवर्तनशील भएपति पुर्खाले स्थापित गरेको मौलिक संस्कृतिलाई पनि जर्गेना गर्नुपर्ने उनले बताए । ‘हाम्रो पहिचान भनेकै भाषाको पहिचान हो । नेवारी भाषाको जोड दिएर जुन रुपमा अगाडि बढाउनुपर्ने हो त्यसमा सबै मिलेर काम गर्नुपर्छ,’ सिंहले भने, ‘यसलाई हामी सबैले महसुस गर्नुपर्छ । नेपालको संस्कृतिअनुसार विदेशीहरुले चिन्ने भनेकै नेवारी संस्कृतिबाट नेपाललाई चिनाउने सशक्त माध्यमको रुपमा अझ काम गरेर अगाडि बढ्नुपर्नेमा उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *