देश

आज चासोक तङनाम लिम्बू समुदायले मनाउँदै

काठमाडौं । पूर्वी नेपालमा बसोबास गर्दै आएका लिम्बू समुदायको आफ्नै संस्कार संस्कृति छ । यी समुदायलाई प्रकृति पूजकको रुपमा लिइन्छ । लिम्बू समुदायको आफ्नै मौलिक पर्वहरू छन् । यी पर्वहरूमध्ये चासोक तङनाम अर्थात् (न्वागीपूजा) पनि एक हो ।

यो पर्व अन्नबाली पाकेर प्रकृतिलाई चढाउन सुरु भएसँगै चासोक सुरु हुन्छ । अन्नबाली लगाउँदा याक्वा गरी अर्थात् प्रकृतिलाई अनुमति मागी अन्नबाली लगाउने गर्छन् । लगाएको अन्नबाली पाकेर पनि कसैले नखाई प्रकृतिलाई चढाएर मात्रै ग्रहण गर्ने प्रचलन रहँदै आएको छ । 

पूर्वको विभिन्न क्षेत्रसँगै तेह्रथुममा पनि भव्य समारोहका साथ मनाइएको छ । विभिन्न कार्यक्रमका माझ चासोक पूजा तथा विभिन्न प्रतियोगिता सञ्चालन गर्दै यो पर्व हर्षोल्लासका साथ लिम्बू समुदायले मनाएका छन् ।

लिम्बू समुदायमा घर–घरमा नै चासोक मनाउँदै आएको भए पनि पछिल्लो समय यी समुदायको सघन बस्ती रहेको स्थानहरुमा सामूहिक रुपमा मनाउन थालिएको स्थानीय अनिल आंखेवाले बताए ।

उनी भन्छन्, ‘हामीले पहिले पहिले घरघरमै चासोक गर्दै आएका हौँ । हाम्रो संस्कार संस्कृति लोप हुँदै गएपछि सामूहिक रुपमा चासोक तङनाम मनाउन थालेका हौ ।’

पर्वको अवसरमा लिम्बू समुदायको च्याब्रुङ नाच धाननाच प्रदर्शन तथा छेलो हान्ने धनुकाँड हान्ने लगायतका लोप हुँदै गएका खेलहरु समेत सञ्चालन गरिँदै आएका छन् । 

ुमानवजातीले खेतीपातीको क्रममा तागेरानिङवाफ्माङकै देनकै कारण उत्पादन भएका अन्नबालीलाई उनलाई नै अनुमति माग्न नै चासोक थिसोक भएको हो, लिम्बू भाषा तथा संस्कृति विकास केन्द्रका अध्यक्ष दिल पाक्साँवाको भनाइ छ

पछिल्लो समय लिम्बू समुदायको मौलिक संस्कार संंस्कृति संरक्षणमा यी समुदायको आकर्षण बढ्न थालेको छ । कृषि युगसँगै चासोक पर्वको सुरुवात भएको छथर गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बू बताउँछन् । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *