धर्म/सस्कृति

साहित्यकार खनालका एक्काइसौँ कृति ‘भजनहरू’ सार्वजनिक

काठमाडौं । साहित्यकार महेश्वर खनालका एक्काइसौँ कृति ‘भजनहरू’ प्रकाशित भएको छ । चालिस पृष्ठको उक्त पुस्तकमा नारायण, गणेश भजन, सूर्य भजन, माता भजन, भगवान् भोले बाबा, कहाँछन् हरि?,आज राधाको नाच छ, एक सन्देश, केही कुरा, भन्दिन म त, अज्ञान, हाय ! हाम्रो चाला, के हो त ईश्वररु,असली हिरा के हो?,राधा, हा कृष्ण १ जस्ता ३९वटा भजन सङ्ग्रहित छन् ।

उहाँद्वारा लिखित विभिन्न पाठ्यपुस्तक,  वैभव लक्ष्मी, चालिसा सङ्ग्रह,  एघार चालिसा सङ्ग्रह र आरती सङ्ग्रहका साथै सम्पादित तथा अनुवादित हनुमान चालिसा, विष्णु पुराण,  श्रीमद्भागवतमहापुराण सङ्क्षिप्त, दुर्गा चालिसा, शिव चालिसा, लक्ष्मी चालिसा, गणेश चालिसा, महाकाल शनिमृत्युन्जयजस्ता कृति सार्वजनिक भैसकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *