काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा सम्पन्न भएको छ ।
शनिबार ललितपुरको जावलाखेलमा विशेष समारोहका बीच मच्छिन्द्रनाथको भोटो देखाइएको हो ।
भोटो जात्रा समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक भई मच्छिन्द्रनाथको भोटो अवलोकन गरेकी छन् । राष्ट्रपति भण्डारीलाई नेपाली सेना, नेपाल प्रहरीको सलामी अर्पण गरेको थियो । मच्छिन्द्रनाथको रथलाई जाउलाखेल लगेको चार दिनपछि भोटो देखाउने जात्रा हुने परम्परा छ ।




