संखुवासभा । पूर्वी नेपालको प्रसिद्ध धार्मिक शक्ति पीठ सिद्धकालीमा श्रीमद देवी भागवत सत्सङ् ज्ञान महायज्ञ सुरु भएको छ । धार्मिक शुद्धताका लागि विश्व प्राकृतिक शान्ति अभियान नेपालले देशव्यापी धार्मिक महाअभियान १०८ भागवत संकल्प अन्र्तगत ३५ औं भागवत संखुवासभाको चैनपुरमा सुरु गरेको हो ।
सिद्धकाली मन्दिर संरक्षण एवं सम्वद्र्धन समितिको आयोजनामा अक्षय कोषको स्थापनाका लागि भागवत सुरु भएको हो । सिद्धकाली मन्दिर प्रांगडमा आजबाट सुरु भएको भागवत एक साता चल्ने समितिका सचिव पदम बहादुर अधिकारीले जानकारी दिए ।
पञ्जेबाजा सहित सुभारम्भ भएको कलशयात्रामा पुराण बाचन टोली, चैनपुर नगरपालिकाका निवर्तमान मेयर एवं समितिका अध्यक्ष भरत कुमार खत्री, चैनपुर नगरपालिकाका मेयर कृष्णकुमार तामाङ, उपमेयर एलिना श्रेष्ठ,नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य उमेशकुमार डाँगी, नेपाली कांग्रेसका जिल्ला सचिव कुमारबाबु अधिकारी,नेपाली कांग्रेस जिल्ला कार्यसम्पादन समिति सदस्य ज्ञानबहादुर कार्की,नेपाली कांग्रेसका जिल्ला सदस्य नमिता अधिकारी,माओवादी केन्द्रका नगर उपसभापति पासाङ शेर्पा, प्रमुख जिल्ला अधिकारी नरहरी खतिवडा,प्रहरी प्रमुख लालध्वज सुवेदीलगायत सहभागी थिए । कलश यात्रामा स्थानीय बासीको उत्साहजनक उपस्थिति थियो ।
तस्वीर : सरोज दाहाल




