काठमाडौं । नागार्जुन नगरपालिका–७ स्थित इन्द्रायणी मन्दिरबाट मूर्ति चोर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ कलंकी खड्कागाउँ बस्ने सिन्धुली दुधौली नगरपालिका–४ डाँकाबजार घर भएका ३० वर्षीय उमेश खड्का र धादिङ धुनीवेशी नगरपालिका–४ घर भएका ५६ वर्षीय कान्छा मगर रहेका छन् ।




