धर्म/सस्कृति

पशुपतिनाथ मन्दिर शुक्रबारबाट खुल्ने

काठमाडौं । कोरोनाका कारण माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर माघ २८ गते शुक्रबारदेखि खुला हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कोषले सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँको माघ २३ गतेको आदेशानुसार जनस्वास्थ्य मापदण्ड पालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न सकिने अनुमति दिएकाले पशुपतिनाथ मन्दिर खुला हुन लागेको हो ।

कोरोनाको जोखिम बढेपछि माघ ५ गतेदेखि पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *