काठमाडौं । भोलिदेखि नवरात्र शुरु हुँदैछ ।
नवरात्रको पहिलो दिन घटस्थापनाको दिन जमरा राख्ने गरिन्छ । पञ्चाङ्ग निर्णायक समितिले बिहिबार बिहान ११ः४६ मा जमरा राख्ने साइत रहेको जनाएको छ ।
विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले जमरा राख्ने दिनलाई घटस्थापना भन्ने गरिएको हो । घटस्थापनाका दिनमा स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ ।




