जनकपर । पूर्व युवराज्ञी हिमानी शाहले जानकी मन्दिरमा पूजाआजा गरेकी छन् ।
खानेपानी सामाग्री वितरणको कार्यक्रममा सहभागी हुन जनकपुरधाम पुगेकी शाहले जानकी मन्दिर दर्शन गरेकी हुन् । जनकपुर भ्रमणको क्रममा पुग्नासाथै उनले जानकी मन्दिरमा बेलुका पुगेर विशेष पूजा अराधना गरेकी हुन् ।
उनले सोमबार जनकपुरधामको कन्या माविमा खानेपानी सम्बन्धि सामाग्री वितरण गर्ने जनाइएको छ ।




