काठमाडौं । आज ऋषि पञ्चमी पर्व अरुन्धतीसहित सप्तऋषिको विधिपूर्वक पूजा आराधना गरी मनाइएको छ ।
ऋष्पिञ्चमी पर्वमा नारीहरुले नजिकको नदी, खोलामा गएर ३६५ वटा दत्तिवनले दाँत माझ्ने र स्नान गर्ने प्रचलन रहेको छ ।
आजको दिनमा अरुन्धतीसहित अत्रि, गौतम, भरद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने परम्परा छ ।




