धर्म/सस्कृति

प्रधानमन्त्री पत्नी आरजु देउवा गौरापर्व मनाउन धनगढीमा

काठमाडौं । प्रधानमन्त्री पत्नी डाक्टर आरजु राणा देउवाले धनगढी उत्तरबेहडीस्थित आफ्नो निवासमा गौराको विधिवत पूजा गरेकी छन् ।

सुदुरपश्चिम प्रदेशमा मनाईने गौरापर्वका लागि उनी धनगढी पुगेको बताइएको छ । गौराको पूजाआराधनामा स्थानीय महिलाले पनि उनलाई साथ दिएका थिए ।

गौरा अर्थात् शिवकी पत्नी, हिमालयकी छोरीलाई भन्ने गरिन्छ । गौरीले कडा उपासना गरी शिवलाई पतिको रुपमा प्राप्त गरेको स्मरणमा सुदुरपश्चिममा गौरा मनाइँदै आएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *