धर्म/सस्कृति

चर्चित शक्ति पीठ सिद्धकाली कलाकारले यसरी तताए मेला

संखुवासभा । पूर्वकै चर्चित शक्ति पीठ सिद्धकाली मन्दिरमा भव्य रुपमा वालाचतुर्दशी मेला लागेको छ ।


स्वस्थानी व्रतकथा अनुसार सत्यदेवीको दाहिने आखा पतन भएको ठाउँ जहा सिद्धकाली तिर्थस्थल तथा धार्मीक पर्यटकीय स्थलको रुपमा परिचित छ । यसै ठाउँमा हरेक वर्ष वालाचतुदर्शी पर्व धुमधाम मनाइने गरिन्छ ।


आफ्ना दिवङ्गत आफन्त एवं पितृ उद्धारको लागि रातैभर मन्दिर परिसरमा जागराम बस्ने भजन कृतन गाउने प्रचलन पनि छ । त्यसका लागि मन्दिर व्यवस्थापन समितिले मन्दिर परिसरमा बस्नको लागि पूर्णरुपमा व्यवस्थापन गरेको समितिका सचिव पदमबहादुर अधिकारीले बताए । यसैगरी रातभर जाग्रम वसी बिहान कैलासमा सतवीज छरेपछि यो मेला समापन हुन्छ ।


नव हिमचुली युथ क्लव सिद्धकालीलको आयोजनामा मन्दिर परिसरभित्र भजन कृतिन र मन्दिर परिसर बाहिर मेला भर्न आउने युवायुवतीहरुलाई भरपुर मनोरञ्जन दिन नृत्य, गायनलगायत साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । मेलामा राष्ट्रिय स्तरका कलाकारहरु सेवा हाङ लामा, एलिना अधिकारी, कुवेर खम्बु, लगातका कलाकारहरु साथै गरिमा डान्स सेन्टर धरानबाट आएका नृत्य टोलीले दर्शकलाई रातैभर भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।


मन्दिर व्यवस्थापन समिति अध्यक्ष एवं चैनपुर नगरपालिका नगर प्रमुख भरत कुमार खत्रीको सभापतित्वमा मेला पर्व साँस्कृतिक कार्यक्रमको औपचारिक उद्घाटन भएको थियो ।


यसैगरी कार्यक्रमका प्रमुखअतिथि एवं संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले वालाचतुर्दशी मेलाको सास्कृतक कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदी, अरुण ४ नं. गुल्म सशस्त्र प्रहरी वल संखुवासभाका प्रमुख डिएसपी विशाल सिलवाल, सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरु, राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरु सामाजिक संघ संस्थाका प्रमुख एवं प्रतिनिधहरु लगायतको उपस्थिति रहेको मेला आयोजक समितिका सदस्य प्रेमप्रसाद दाहाले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *