संखुवासभा । चैनपुर नगरपालिका स्थित पोखरीमा रहेको सिद्धाश्रम शक्ति केन्द्र आरती सञ्चालन केन्द्र चैनपुरले आफ्नो प्रथम वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाएको छ ।
सिद्धाश्रम आरती सञ्चालन केन्द्रका अध्यक्ष ज्ञानबहादुर कार्कीको सभापतित्वमा आइतबार सम्पन्न कार्यक्रममा विधिपूर्वक होमादी, भजनकीर्तन, संगिनी नाचलगायत योग नृत्य समेत प्रस्तुतग रिएको थियो । कार्यक्रममा चैनपुर नगरपालिका नगर प्रमुख भरत कुमार खत्रीले पश्चिमा शैलीमा आकर्षण बढिरहेको बेला हाम्रो समाजमा अनुशासन र मर्यादालाई पालना गर्न सिद्धाश्रम शक्ति केन्द्रले सिकाउने भएकाले यो अपरिहार्य रहेको बताए । यो सिद्धाश्रम शक्ति केनद्रको ज्ञान सिक्ने हो भने व्यक्ति, परिवार र सिङ्गो समाजमा सकारात्मक परिवर्तन आउने प्रमुख खत्रीले बताए ।
परमपूज्य सद्गुरु देव द्वयश्री श्री महायोग गुरु गोरखनाथ एवं परमहंस स्वामीश्री निखिलेश्वरानन्द महाराजको कृपा, आशीर्वाद स्वरुप गरु पूजन हवन भजनकीर्तन, स्ववाचन र प्रत्येक साझ ५ः०० बजे आरती सञ्चालन हुने कार्यक्रमका प्रमुख अतिथि एवं सिद्धाश्रम शक्ति केन्द्र भवननिर्माण दाता इन्दिरा कार्कीले बताइन । कार्यक्रममा चैनपुर नगर उपप्रमुख मुना श्रेष्ठ, बुद्धिजिवी सूर्य बहादुर दाहाललगायतले शुभकामना मन्तव्य दिएको सिद्धाश्रम शक्ति केन्द्रकापूर्व अध्यक्ष राजनकुमार खत्रीले बताए ।





